निजगढ,निजगढ नगरपालिकामा क्रियाशील ३ वटा लायन्स क्लबहरुको सहयोगमा निजगढ नगरपालिका वडा नम्बर ८ स्थित खयरघारीका विपन्न समुदायका ५० जनालाई शुक्रवार न्यानो कपडा ब्ल्याङ्गकेट वितरण गरिएको छ ।स्थानीय समुदायबाट छनौट भइआएका विपन्न घर परिवारका ५० जनालाई क्लबले उपलब्ध गराएको १-१ थान न्यानो ब्ल्याङ्गकेट निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र निजगढ ८ का वडा अध्यक्ष सुवर्ण लामाले वितरण गर्नुभएको हो । कार्यक्रममा लायन्स क्लब ३२५ ‘एच’ डिस्टिकका जोड चियर पर्शन मनोज रेग्मी, क्लस्टर चिफ होमप्रसाद न्यौपाने (महेश), लायन्स क्लब अफ निजगढ सिटीका एलिस खडका, लायन्स क्लब अफ निजगढका अरुण सर्राफ, लायन्स क्लब अफ निजगढ युथका अभिनास सापकोटालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पुरी र वडा अध्यक्ष लामाले विपन्न समुदायको सहयोगमा क्लबले गरेको कामको सरहना गर्नुभएको थियो । न्यानो कपडा वितरण कार्यक्रमको संचालन लायन्स क्लब निजगढ सिटीका पूर्व प्रेसिडेन्ट मणिश्वर घिमिरेले गर्नुभएको थियो ।















