निजगढ,डिभिजन वन कार्यालय बाराले निजगढ नगरपालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको लागि वन सम्वद्र्धन प्रणालीमा आाधारित दिगो वन व्यवस्थापन सम्बन्धि एकदिने तालिमको आयोजना गरेको छ ।निजगढ सबडिभिजन कार्यालयको सभा हलमा शनिवार सम्पन्न भएको तालिममा निजगढका ४ वटा वन उपभोक्ता समुहका ३० जना पदाधिकारीहरुको सहभागिता रहको थियो । तालिमका सहभागीहरुलाई दीगो वन व्यवस्थापनको लागि अपनाउनुपर्ने कार्यको बारेमा जानकारी दिइएको निजगढ सबडिभिजन कार्यालयका रेञ्जर निरज पोखरेलले जानकारी दिनुभयो ।

मधेस प्रदेशमा वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि तयार भएर कार्यान्वयनको चरणमा रहेकोले कार्याविधिको अनुसार वन संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा उत्पन्न हुनसक्ने समस्या समाधानको लागि सामुदायिक वन समूहका पदाधिकारीहरुलाई जानकारी दिइएको उहाँले बताउनुभयो ।डिभिजन वन कार्यालय बारा सिमराका प्रमुख राजिवकुमार झाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बाराका अध्यक्ष रामजीप्रसाद बजगाई, फेकोफन निजगढ नगर अध्यक्ष कुशबहादुर थापा, निजगढ नगरपालिका कार्यालयका वन तथा वातावरण शाखाका वन अधिकृत अनिल कोइराला, मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयका रेञ्जर क्षितिज पौडेल रेन्जर, डिभिजन वन कार्यालय बाराका अधिकृत मधुकान्त सिंहलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply