कलैया,प्रहरीले वीरगन्जबाट ६ किलो भन्दाबढीको चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ । छिमेकी देश भारतबाट अबैध रुमा ल्याइरहेको चाँदीका गहनासहित बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का नागेन्द्र साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो । रक्सौलबाट पैदल आइरहेका सोनारलाई शंकराचार्य गेटमा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा उनको साथबाट ६ किलो १६८ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । खनालका अनुसार तयारी गहनासहित पक्राउ परेका साहलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले पर्साका बिभिन्न स्थानबाट बरामद गरेको भारतीय नम्बर प्लेटका मोटरसाइकलहरु बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

९ वटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलहरु बिहीबार वीरगन्ज भन्सार कार्यालयलाई बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । बरामद गरिएको मोटरसाइकलको मुल्य नेपाली पाँच लाख ९० हजार रुपैया मूल्यांकन गरिएको पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here