राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ घोडदौरामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बिदाई तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेराप्रावि घोडदौराका प्रअ महम्द मुस्तुफा अंसारी सेवा निवृत्त हुनुभएकोले बिहीवार एक कार्यक्रमको आयोजना गरेर उहाँको ससम्मान बिदाई गरिएको हो ।
पूर्वप्रअ मुस्तुफालेविगत ३५ वर्ष दस महिनादेखि श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोडरौरामा प्रअको जिम्मवारी लिएर ईमान्दारी पूर्वक जिम्मेवारी निर्वाह गर्नुभएकोले सम्मानसहित बिदाई गरिएको हो ।बिदाई तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि रहनुभएका धोबिनी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहान, गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत अशोक रौनियारले सेवा निवृत्त प्रधानाध्यापक मुस्तुफाको सोवानिवृत्त जीवन सफल बनोस भन्ने कामना गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष चौहानले अगामी दिनमा गाउँपालिकाबाट विद्यालयको विकासको लागि आवश्यक सहयोग उपलब्ध गराउने पनि बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम वडाअध्यक्ष बन्धु साह तेलीको अध्यक्षतामा भएको बिदाई तथा स्वागत सम्मान कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, वडा अध्यक्ष देबेन्द्र पटेल, अबास मियाँ,राजकिशोर पटेल, मनौर मियाँ, विद्यालयका प्रअ, शिक्षक, गाउँपालिका कर्मचारी,सुरक्षाकर्मी, पत्रकारलगायत अबिभावक, विद्यार्थीहरुको सहभागीता रहेको थियोे ।कार्यक्रम संचालन शिक्षक प्रभु पटेलले गर्नुभएको थियो।