कलैया,बाराको कलैया उपमहानगरपालिकाले बहाल बिटौरी कर वृद्धि गरेको विरोधमाअन्दोलनमा उत्रिएका तरकारी व्यवसायीहरुलेएक हप्ताको लागिआन्दोलन स्थगित गरेका छन् ।बारा उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदिप साहले तरकारी व्यवसायीहरुको माग एक हप्ताभित्र सम्बोधन गराउने आश्वासन दिएपछि गत शुक्रवारदेखि तरकारी बजार बन्द गरेर आन्दोलन गर्दैआएका तरकारी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

उपमहानगरपालिकाले वृद्धि गरेको बहाल बिटौरी कर फिर्ता लिनुपर्ने माग गर्दै तरकारी तथा फलफूल खुद्रा व्यवसायी संघ कलैयाको अगुवाइमा कलैया बजारका तरकारी व्यवसायीहरुले गत शुक्रवारबाट बजार बन्द गरेर अनिश्चितकालिन आन्दोलनमा उत्रिएका थिए ।

तरकारी व्यवसायीहरुको माग सम्बोधन गराउन उद्योग बाणिज्य संघले पहल गर्ने आश्वासनपछि व्यवसायीहरुले बन्द गरेको तरकारी पसल खोलेका हुन् ।उपमहानगरपालिकाले रु ३० रुपैयाँ बहाल विटौरी कर लाग्ने ठाउँमा थप रु २० रुपैयाँ बढाएको छ। ४० रुपैया लाग्ने ठाँउमा थप रु ४० रुपैयाँ बढाएपछि तरकारी ब्यवसायी आन्दोलित भएका थिए ।पहिला ३० रुपैया बहाल विटौरी कर दिदै आएकोमा तरकारी व्यवसायीलाई अहिले रु ५० रुपैयाँ दिनुपर्ने र ४० रुपैया लाग्ने ठाँउमा रु ८० रुपैयाँ दिनुपर्ने भएकाले आर्थिक भार थपिएकाले आन्दोलनमा उत्रिएको अध्यक्ष आलम हुसेनले बताउनुभयो । एक हप्ताभित्र माग पुरा नभए पुनः कडा आन्दोलन गर्ने अध्यक्ष आलमको चेतावनी छ ।कलैया बजारमा दुई सयको संख्यामा खुद्रा तरकारी व्यवसायीहरु रहेका छन ।

Leave a Reply