कलैया,बारामा निषेधाज्ञाको समय थपिएको छ । वैशाख २८ गते र जेठ ५ गते जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिस र थप संसोधन गरी जेठ ७ गते विहान ६ बजेदेखि जेठ १५ गते राति १२ बजेसम्म लागु हुने गरी निशेधाज्ञा थप गरिएको बाराका प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
पौडेल द्वारा जारी आदेशमा विगतमा विहान ६ बजेदेखि ११ बजेसम्म खुल्दै आएको अति आवश्यक खाद्यान्न सामग्री का पसल, तरकारी बजार अब ६ बजेदेखि ८ बजेसम्म मात्र खुल्ने निर्णय गरेको छ। साथै गैर खाद्यान्न सामाग्रीका पसलहरु , सम्पूर्ण संघ संस्था, होटेल, सवारी साधन, शिछण संस्थाहरु लगायतको पूर्ण रुपमा अर्को सूचना जारी नभए सम्म बन्द रहने छ।आदेशलाई पालना नगर्ने जो कोहि लाई पनि संक्रामक रोग ऐन २०२० अनुसार कार्यवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ।