नरेश गुप्ता

बरियारपुर,धान रोपाइँको बेला मधेसमा देखिएको मलखादको अभाव हल गर्न माग गर्दै कलैयामा सरकार विरुद्ध प्रदर्शन गरिएको छ ।

जागरण युवा क्लब कलैयाको आयोजनामा सिद्देश्वर संस्कृत माध्यमिक विद्याालयको प्राङ्गणबाट निकालिएको बिरोध जुलुसले कलैया बजार परिक्रमा गरेको थियो ।

भारतीय सीमा क्षेत्रबाट सहजरुपमा मलखाद ल्याउन पाउनु पर्ने माग गर्दै जागरण युवा क्लबका अध्यक्ष राजेश रौनियारको अध्यक्षतामा जुलुस निकालिएको हो । प्रदर्शनकारीमा सरकारले रसायनिक मल सहज रुपमा किसानलाई उपलब्ध गराउनु पर्ने माग गरेको क्लबका अध्यक्ष रौनियारले बताउनुभयो ।

कृषि प्रधान देशको रुपमा चिनिने नेपालमा भारतबाट ल्याइएको मलखादमा निर्भर रहनु पर्ने बाध्यता रहेको भन्दै प्रदर्शनकारीहरुले सरकारले कृषकहरूलाई समयमा बीउ, मलखाद, सिँचाई लगायतको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here