बीरगंज , ३ माघ । हक्स पावर नेपालका प्रबन्ध निर्देशक मनोज कुमार गुप्तालाई बीरगंज महानगरपालिकाले उर्जाको सल्लाहकारमा नियुक्त गरेको छ । बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहका अनुसार उर्जा सम्बन्धी सल्लाहकारमा गुप्तालाई नियुक्त गरीएको जानकारी दिनुभयो ।
गुप्ता विगत लामो समयदेखि वैकल्पीक उर्जा सम्बन्धी क्षेत्रका कामकाज गर्दै आएका अनुभव रहेको छ । विश्व वातावरण दिवस २०७६ मा गुप्ताले जलवायु व्यवस्थापन पुरस्कार , नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिश्ठानले प्रदान गर्ने मोहन ध्वज बस्नेत प्रज्ञा पुरस्कार लगाएतका पुरस्कारबाट पुरस्कृत व्यक्ति रहेको हो ।



















