वीरगञ्ज,गैरसरकारी संस्था रोटरी क्लब अफ वीरगञ्जले पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर–४ खेस्राहामा रहेका ३ सय मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

रोटरी क्लब अफ वीरगञ्ज पर्साका अध्यक्ष निर्मल खत्रीका अनुसार कठांग्रिदो जाडोबाट प्रभावित ३ सय मुसहर बालबालिकालाईट्र्याकसुट र टोपी लगायतको न्यानो कपडा वितरण गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायत जिल्ला विपद व्यावस्थापन समितिका पदाधिकारी सदस्यहरुकै उपस्थितिमा संस्थाले राहत स्वरुप न्यानो कपडा वितरण गरेको हो ।

रोटरी क्लब अफ वीरगञ्ज पर्साका अध्यक्ष खत्रीको कार्यकालमा रोटरी क्लब अफ वीरगन्ज पर्सा सामाजिक कार्यमा निकै नै सक्रियता देखाएकोमा प्रमुख जिल्ला अधिकारी अर्यालले खुशी व्यक्त गर्नुभएको छ । उहाँले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply