कलैया,प्रादेशिक अस्पताल कलैयाका बिरामीहरूलाई निजी अस्पतालहरूमा पठाएर उपचार गर्ने गरिएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन ।सरकारी अस्पतालका चिकित्सकहरुले विगत दुई÷तीन वर्षदेखि कलैया आसपासमा सञ्चालित आधा दर्जनभन्दा बढी निजी अस्पतालहरूमा बिरामीहरुलाई रिफर गर्ने गरेको स्थानीयको भनाई छ।
विशेषतः दुर्घटनामा परेका, प्रसूति, विषसेवनलगायत आकस्मिक उपचार आवश्यक भएका बिरामीहरूलाई अस्पतालकै चिकित्सक र कर्मचारीहरूको मिलिमतोमा निजी अस्पतालमा महँगो शुल्क लिएर उपचार गराइदै आएको गुनासो छ।
कलैया अस्पतालमा दैनिक औसत पाँच सय बिरामी ओपिडी सेवामा र डेढ सयजति बिरामी आकस्मिक सेवामा आउने गरेका छन।

कुल ११ चिकित्सक कार्यरत कलैया अस्पतालका चिकित्सकहरूमध्ये कतिपय निजी अस्पतालमा समेत आबद्ध रहेको र उनीहरुले बिरामीहरुलाई आफू कार्यरत निजी अस्पतालमा जान दबाब दिने गरेको समेत आरोप लाग्दैआएको छ ।
यसको लागि निजी अस्पतालहरूले कलैया अस्पतालमा बिचौलियाहरू परिचालन गरेको र उनीहरुमार्फत नै बिरामीहरुलाई बाहिर लैजाने गरिएको बताइएको छ । बिचौलिया र गाउँबाट बिरामी ल्याउने एम्बुलेन्स चालकले पनि कमिसनको आधारमा बिरामीलाई निजी अस्पताल पुर्याउने गर्दैआएका छन ।स्थानीयहरुले सरकारी निकाय र सम्बन्धित पक्षहरूलाई अस्पतालमा बिरामीहरुको जिउधनमाथि भइरहेको खेलबाड रोक्ने कदम चाल्न सम्बन्धित निकायसंग आग्रह समेत गरेका छन्।

Leave a Reply