निजगढ,बाराको निजगढ नगरपालिकामा एकैपटक२ स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेशन संचालनमा आउने भएका छन ।निजगढ ९ को स्मृति नगर र सोही वडाको लच्कामा फरक फरक कम्पनीहरुको लगानीमा शुरु भएको चार्जिङ स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
विराटनगरका व्यवसायी धिरज यदुवंशीले पूर्वपश्चिम राजमार्गको स्मृति नगर र रौतहट चन्द्रपुरका मुकेश पटेलले लच्कामा संचालन गर्न लागेको चार्जिङ्ग स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्र नै संचलनमा आउने बताइएको छ । व्यवसायी यदुवंशीले चार्जिङ्ग स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको र केही दिनभित्रै संचालनमा आउने बताउनुभयो ।
५ वटा मेसिन राखेर व्यवसायी यदुवंशीले ऋद्धी चार्जिङ्ग स्टेशनको नाममा संचालन गर्न लागेको सो स्टेशनबाट ६ वटा ठूला र ४ वटा साना गरी एक पटकमा १० वटासम्म गाडी चार्जिङ्ग हुनेछन भने अर्का व्यवसायी पटेलको साथीभाई चार्जिङ्गस्टेशनबाट एकपटकमा ८ वटा गाडी चार्जिङ्ग हुनेछ ।
दुबै स्टेशनले आफ्ना ग्राहकहरुको लागि स्टेशन परिसरभित्रै रेष्टुरेन्ट, पौडी पोखरी, शौचालय लगायतका सुविधा पनि राखेका छन ।विद्युतीय चाजिङ्ग स्टेशनले पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र स्वेशदमै उत्पादित बिधुतको आन्तरिक खपत बढाउन मद्दत पुग्ने बताइएको छ ।