सिमरा,प्रेस चौतारी नेपाल बाराका जिल्ला कार्यसमिति सदस्य एवम् एसएलएफ खबरका संचालक रोशन गुप्तामाथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालय अगागि दुव्र्यवहार र हातपात भएको छ ।समाचार संकलनका लागि पुग्नुभएका गुप्तालाई केही व्यक्तिले दुव्र्यवहार र हातपात गरेका हुन् । सडक ढलान योजनाको भुक्तानीको विषयलाई लिएर समाचार संकलन गर्न पुगेका गुप्तामाथि घनश्याम चौधरीसहित केही व्यक्तिले दुव्र्यवहार गरेको बताइएको छ ।गुप्तामाथि हातपात गर्दै उहाँको मोबाइल समेत फुटाइएको छ । आफूमाथि हातपात भएपछि गुप्ताले दोषिमाथि कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ ।यसैगरी प्रेस चौतारी नेपाल बाराले विज्ञप्ति जारी गरी संचारकर्मी गुप्तामाथि हातपात र दुव्र्यवहार गर्नेमाथि कारबाहीको माग गरेको छ । समाचार संकलन गरिरहेकै बेला गुप्तामाथि हातपात हुनु दुःखद् रहेको जनाउदै चौतारी बाराले घटनाको छानविन गरी दोषि उपर कारबाहीको माग गरेको हो ।

Leave a Reply