निजगढ,वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ४ पुरानोटोल घर भएर हाल काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर ८ बस्ने ४३ वर्षीय सुष्माकुमारी खड्का रहेकी छिन् ।खड्काले राजु शाहीलाई पोर्चुगलको एक होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेकी थिइन् । उनले ११ लाख रुपैया खर्च लाग्ने भन्दै पीडित शाहीसँग पटक–पटक गरी ७ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खड्कालाई मंगलबार बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply