वीरगञ्ज,पर्साको पटेर्वासुगौली गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाईते अर्का एकजनाको अवस्था गम्भीर रहेको छ ।मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका वडा २ जमुनियाका २३ बर्षीय सुदर्शन चौधरी रहेका छन् । घाईते हुनेमा सोहि स्थानका २४ वर्षीय दिपेन्द्र राय थारु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार सुगौली गाउँपालिका ४ कर्वोला चौकस्थित ह्युम पाइप राख्न खनिएको खाल्डोमा मोटरसाईकल खस्दा दुवैजना घाइते भएका थिए । पथरैयाबाट श्रीपुर पंचगावातर्फ जादैं गरेको ना २८ प ३८१९ नम्बरको मोटरसाइकल मंगलवार राति खाल्डोमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते दुवैजनालाई वीरगञ्जस्थित एल एस न्यूरो अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । उपचारको क्रममा सुदर्शनको निधन भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । घाइते भएका दीपेन्द्रको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply