हेटौडा,मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका– ६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।
सूचना अधिकारी तिवारीका अनुसार मरेको बाघ घाइते अवस्थामा रहेको र बुढो तथा अत्यन्तै दुब्लो रहेको र निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ । मरेको बाघलाई राष्ट्रिय निकुञ्ज ल्याइएको छ ।


















