कलैया,बाराको कलैयास्थित प्रादेशिक अस्पतालका बिरामीहरुलाई कम्बल वितरण गरिएको छ । लायन्स क्लब अफ कलैया बाराले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई ५० थान कम्बल वितरण गरेको हो ।लायन्स क्लबका संस्थापक मेलवीन जोनको जन्म जयन्तीको उपलक्ष्यमा बिरामीहरुलाई कम्बल वितरण गरिएको क्लबका अध्यक्ष प्रदीप कुमार साहले बताए । उनकाअनुसार चिसो समयमा अस्पतालमा रहेका बिरामीहरुलाई जाडो हुने भएकाले कम्बल वितरण गरिएको हो ।
सो अवसरमा क्लबका उपाध्यक्ष सूर्यजीत सिंह, सचिव ब्रिजकिशोर साह कलवार, संस्थापक अध्यक्ष दिलीप चौधरी, पूर्वअध्यक्ष राजकुमार साह, मुकेश गुप्ता, लोकेन्द्र जायसवाल, श्याम खेतान, मनोज पोद्दार, इंद्राजीत कुशवाहा, अस्पताल समिति अध्यक्ष प्रकाश चौगाई लगायतको उपस्थिति रहेको थियो ।