कलैया,बारा नागरिक समाजको जिल्ला कार्यसमिति बिस्तार भएको छ ।अध्यक्ष उमेशलाल दासको अध्यक्षतामा कलैयामा शुक्रवार सम्पन्न बैठकले समिति बिस्तारसंगै सदस्यहरुको जिम्मेवारी समेत तोकेको छ । विस्तारित समितिको अध्यक्षमा उमेशलाल दास, उपाध्यक्षमा अधिवत एकरामुल हक, महिला उपाअध्यक्षमा अधिकारकर्मी बबिता जयसवाल, महासचिवमा संचारकर्मी सिकेन्द्र पासवान, सचिवमा अधिवत समसुदिन हवारी, कोषाध्यक्षमा समाजसेवी ईन्द्रासन मण्डल चयन हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्यहरुमा वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, गोकुल घोरसाइने, रामराजा मोहनबिक्रम क्याम्पस कलैयाका प्रमुख निवेश तिम्लिसीना, नेपाल सरकारका विशिष्ठ श्रेणीका अवकास प्राप्त कर्मचारी लक्ष्मी चौधरी, महिला अधिकारकर्मी सरस्वती खरेल रहेका छन ।बैठकले संघ सरकार र प्रदेश सरकारद्धारा मधेस प्रदेशलाई संकट सुक्खाग्रस्त क्षेत्र घोषणा गरेकोमा स्वागत गर्ने निर्णय गरेको र चाडोभन्दा चाडो पीडितलाई राहत सहितको प्याकेज उपलब्ध गराउन माँग समेत गरेको छ ।
बैठकले खानेपानीको प्रवन्ध यथाशिघ्र मिलाउन, सिँचाइको व्यवस्था मिलाउन, बिधुत सुचारु गर्न, शिक्षा, स्वास्थ्य, गाँसबाँस र कपासको प्रवन्ध मिलाउनसमेत माँग गरिएको समाजका अध्यक्ष दासले जानकारी दिनुभयो ।
संविधानमा प्रद्धत मौलिक हकलाई नागरिकको पहुँचमा सर्वसुलभ रुपमा पु¥याउनका लागि सरकार तथा सरोकारवाला निकायसंग बैठकले आग्रह गर्दै नागरिक समाजको औचित्य तथा भुमिकाको विषयमा सरोकारवाला निकायसंग अन्तरक्रिया गर्ने बैठकले निर्णय गरेको समाजका महासचिव पासवानले जानकारी दिनुभयो ।


















