निजगढ,निजगढ नगरपालिका वडा नम्बर १२ नम्बर वडा कार्यालयले वडाका ज्येष्ठ नागरिक तथा अपाङगता भएकाहरुको लागि थर्मस र न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले थर्मससहित ४१ जनालाई न्यानो सिरक र ब्ल्यांकेट वितरण गरेको हो ।
कार्यालयले पूर्णअपाङ्गता भएका ३ जना र ८१ वर्ष उमेर कटेका ३८ जना वडाबासीहरुलाई थर्मस तथा ७५ वर्ष कटेका ३७ जनालाई सिरक तथा ब्ल्यांकेट वितरण गरेको हो ।
शुक्रवार बिहान ११ बजे देखि २ बजेसम्म कार्यालय भवनमा एक कार्यक्रमकाबीच वडा अध्यक्ष ज्ञानबहादुर गोलेसहित वडा समितिका सदस्यहरुले सो सामग्री वितरण गरेको वडा सचिव अरुण बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply