हेटौंडा –  हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरले आज एक समारोहका विच १३ औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई नगद सहित पुरस्कृत गरेको छ । मकवानपुर जिल्लाबाट सागमा विजेताहरुलाई सम्मानका साथ पुरस्कृत गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

उपमहानगरपालिकाले स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य विजेतालाई ५० हजार नगद सहित पुरस्कृत गरेको मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहानगरपालिकाले उसुका प्रशिक्षकलाई २५ हजार र अरु प्रशिक्षकलाई ७ हजारका दरले पुरस्कृत गरेको हो । यसैगरी जिल्ला समन्वय समिति मकवानपुरले स्वर्ण विजेतालाई २५ हजार, रजत विजेतालाई २० हजार र काश्य विजेतालाई १५ हजार सहित पुरस्कृत गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वताउनुभयो ।

यसैगरी प्रशिक्षकलाई ५ हजारका दरले पुरस्कृत गरिएको छ । खेलाडीका लागि प्रोत्साहन गर्ने उदेश्यले पुरस्कृत गरिएको उहाँले वताउनुभयो । स्थानीय तहले पूर्वाधारका काम संगै विकासको काम खेलकुद पनि रहेको चिनाउने काम गरेको समन्वय प्रमुख खुलालले वताउनुभयो ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए ।

शिलु डंगोलले उसु, माया स्यांतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बा“स्कोटाले रजत पदक जितेका थिए । कास्य पदक जित्नेमा करातेमा रीता कार्की, उसुमा हरिप्रसाद गोले, खोखोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकास लामा छन् । उनीहरुलाई एक कार्यक्रमका विच नगद पुरस्कार दिइएको र यो पुरस्कारले थप हौसला प्रदान गर्ने मेयर महतले वताउनुभयो ।

मेयर महतले मकवानपुरे खेलाडीले राम्रो खेलेकोमा वधाइ दिदै पुरस्कृत गरेको वताउनुभयो । ‘मकवानपुरका खेलाडीको प्रदर्शन अत्यन्त सुखद् देखियो,’ उहाँले खेलक्षेत्र विकासका लागि नगरपालिका लागिरहेको बताउ“दै खेल विकासका लागि काम गरिने प्रतिवद्धता जनाउनुभयो । मेयर महतले नगरपालिका खेलकुदको दीर्घकालीन विकासका लागि नीतिगत्रुपमा लागिरहेको वताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here