वीरगञ्ज,निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको अध्यक्षमा सरोज चौधरी निर्वाचित हुनुभएको छ ।
आइतवार सम्पन्न प्याब्सन पर्साको १६ औँ अधिवेशनबाट साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
जम्मा खसेको ४८ मतमध्ये चौधरीले २६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिवप्रसाद गुप्ताले २२ मत प्राप्त गर्नुभयो । चार मतको झिनो अन्तरले चौधरीले प्याब्सन पर्साको नेतृत्व गर्ने अवसर पाउनुभएको हो ।चौधरी यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो भने गुप्ता उपाध्यक्ष हुनुहुन्थ्यो ।प्रमुख निर्वाचन अधिकृत एवम् प्याब्सनका केन्द्रीय सदस्य छेडूप लामाको नेतृत्वमा निर्वाचन सम्पन्न भएको थियो ।