कृष्ण मोहन साह

सेढवा,पर्साको पटेर्वासुगौली गाउँपालिका– २ मा रहेको शिवम् ह्याचरीबाट निस्केको दुर्गन्धले वातावरण र स्थानीयको स्वास्थ्यमा समस्या भएको भन्दै वडावासीले गुनासो गर्न थालेका छन् ।

ह्याचरी वरपरको स्थान बिगत लामो समयदेखि दुर्गन्धित हुँदासमेत गाउँपालिकाको ध्यानाकर्षण नभएको भन्दै स्थानीयहरुले गुनासो गर्न थालेका हुन । गत वर्ष गापाको न्यायिक समितिमा उजूरी गरेकोमा सुनवाइ नभएपछि स्थानीयले जनप्रतिनिधिहरुको मिलोमतो आफ्नो माग पुरा नगरिएको स्थानीय राजेश चौधरीले बताउनुभयो । ह्याचरीबाट निस्कने दुर्गन्धसंगै आउने झिंगाले गर्दा गाउँटोल र छरछिमेकमा पाहुनाहरु आउदा नाकमुख छोपेर बस्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

सोही समस्यालाई लिएर विगतमा गाउँपालिका कार्यालय घेराउ हुँदा समेत गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आस्वासन मात्र दिएर स्थानीयलाई फर्काएका थिए । अहिले स्थानीय सरकार फेरिएको तर शिवम ह्याचरीको लापरवाही नफेरिएको एक स्थानीयले बताए । अहिले पनि ह्याचरीबाट दुर्गन्ध र झिङ्गा आउने क्रम नरोकिएको उनको भनाइ छ ।

ह्याचरीका प्रबन्धक कपिल पोखरेलले टोलवासीको गुनासो आउन थालेपछि हप्ता, महिना दिनमा औषधि छर्कने गरेको दाबी गर्नुभयो । उहाँले ह्याचरी नियम कानूनको परिधिमा रहेर स्थापना र संचालन गरिएकोले स्थानान्तरण गर्न नमिल्ने बताउनुभयो । उहाँले स्थानान्तरणभन्दा कसरी समस्या समाधान गर्न सकिन्छ भनेर सोच्न जरुरी भएको पनि बताउनुभयो ।

स्थानीय मोजाहिल अन्सारी, विजय मिश्रले ह्याचरीको फोहरबाट टोलाभरि झिङ्गा भन्कने र खाना, बस्दा पनि समस्या हुने गरेको बताउनुभयो । ह्याचरीले औषधि नछर्केको र मरेको कुखुराको उचित व्यवस्थापनमा ध्यान नदिएको कारण दुर्गन्धित वातावरणले समस्या सृजना गरेको बताउनुभयो ।

वडाध्यक्ष विजय गैरेले भने गाउँमा फैलिएको दुर्गन्ध र झिङ्गाको विषयमा ह्याचरी सञ्चालक र प्रबन्धकलाई बारम्बार ध्यानाकर्षण गराएको दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here