वीरगञ्ज,पर्साको पर्सागढी नगरपालिकामा आईतवार बिहान एक पुरुषको शव फेला परेको छ । पर्सागढी नगरपालिका ४ का ४५ वर्षीय हिर्देस पटेलको शव जङ्गलमा मृत अवस्थामा फेला परेका हो ।शनिवार बिहान करिब १० बजे पटेल घरबाट साइकलमा दाउरा लिन जङ्गलतर्फ निस्किएका थिए । बेलुकासम्म घर नफर्किएपछि परिवारजनले खोजी कार्य सुरु गरेका थिए ।

उनको शव ढोरियामाई जङ्गल क्षेत्रमा साइकलसहित लडेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । पटेलको शरीरमा कुनै शङ्कास्पद चोटपटक वा दाग नरहेको पाइएको छ । दाउरा बोक्ने क्रममा सम्भवतः हृदयघात वा अन्य स्वास्थ्य समस्याका कारण निधन भएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटनास्थलमा कुनै कतव्र्यज्यानसम्बन्धि प्रमाण नपाइएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापाले जानकारी दिनुभयो ।
शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ ।

Leave a Reply