सिमरा,कोराना भाइरसविरुद्धको खोप लगाउने सहमतिपछि अमलेखगंज डिपोका टंयाकर चालक र सहचालकले सुरु गरेको हडताल मंगलबार फिर्ता भएको छ । सहमतिअनुसार पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ तथा नेपाल पेट्रोलियम चालक सङ्घका प्रतिनिधिबीच मंगलबार भएको छलफलपछि बुधबारदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो । चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगन्ज र थानकोटमा रहेको डिपोबाट मंगलबारदेखि नै डिपो अपरेशनको कार्य सुरु भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले थानकोट र अमलेखगन्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड, अनलोड तथा बिक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम मंगलबारदेखि फिर्ता भएको छ ।

कोभिड–१९ खोप माग गर्दै नेपाल आयल निगम अम्लेखगञ्ज डिपोका पेट्रोलियम टंयाकर चालक तथा सहचालकले सम्पूर्ण काम ठप्प पारेर हडताल गरेका थिए । यसअघि नेपाल पेट्रोलियम टयाङ्गकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ अम्लेखगञ्ज इकाई समितिले संयुक्त ज्ञापनपत्र बुझाएर कोभिड खोप नपाएसम्म अम्लेखगञ्ज डिपोबाट हुने लोड अनलोडका सबै काम ठप्प पार्ने जनाएको छ । अम्लेखगञ्ज डिपोमा डिजल पाइपलाइनमार्फत आए पनि पेट्रोल भने भारतको बरौनीबाट (दैनिक ३० टयाङ्गकर) आउने गर्दछ । टयांकर संघ अम्लेखगञ्जका अध्यक्ष विजय घलानले जेठ ९ गतेदेखि नै कोभिड खोप माग गरे पनि मंगलबारसम्म उपलब्ध नभएकोले हड्ताल गर्नुपरेको बताउनुभयो । अम्लेखगञ्ज डिपोअन्तगर्ग मात्रै झण्डै १ हजार चालक÷सहचालक छन् ।

अम्लेखगञ्जबाट बरौनीका लागि छुटेका टयांकरहरू लोड भएर तेस्रो दिन अम्लेखगञ्ज आइपुग्छन । ‘भारतमा हाम्रा चालक, सहचालकहरू खाना, खाजा, पानीका लागि स्थानीयसँग हेलमेल हुँदा कोभिडको जोखिम धेरै छ,’ घलानले भन्नुभयो, टयाङ्गकर चालकहरूले कोभिड सुरक्षा सर्तकर्ता अपनाए पनि जोखिम भएकाले खोप नपाउँदासम्म हडताल जारी रहनेछ ।’

निगमले देशभर रहेका डिपोमध्ये थानकोट, अम्लेखगञ्ज, वीरगन्ज, पोखरा डिपोका चालक, सहचालकलाई कोभिड खोप उपलब्ध गराउन सकेको छैन । आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले अग्रपंक्तिमा रहेर काम गर्नेलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन नसकेको बताउनुभयो । चालक, सहचालकका मागका विषयमा निगम केन्द्रीय कार्यालय र स्थानीय प्रशासनलाई जानकारी गराइसकेको यादवले जनाउनुभयो ।

Leave a Reply