कृष्ण मोहन साह
सेढवा,
पर्साको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ठूलो संख्यामा राँगा र भैंसी नियन्त्रणमा लिएको छ ।

२ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेको अवस्थामा बुधवार राती तीन बजेको समयमा जिराभवानी गाउँपालिका वडा नम्बर ४ सुपौलीबाट ४९ वटा राँगा र भैंसी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका रागा र भैंसीलाई थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल २ नम्बर छिनमस्ता बाहिनिका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिनुभयो ।

Leave a Reply