कलैया,अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बारा जिल्लाको दोस्रो जिल्ला भेला बुधवार सम्पन्न भएको छ ।
भेलाले निजगढकी धनमाया लामा घलानलाई सर्वसम्मत रुपमा संघको जिल्ला संयोजकको जिम्मेवारी दिएको छ । त्यसैगरी भेलाले मिना सिंहलाई सहसंयोजक र पार्वती फौजदारलाई सचिवको जिम्मेवारी सहित ८५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा क्रान्तिकारी महिला संघी जिल्ला अध्यक्ष शोभा कार्कीको अध्यक्षतामा सम्पन्न भएको सो भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठ प्रमुख आतिथ्यका रूपमा उपस्थित हुनुभएको थियो ।

भेलामा प्रदेश सदस्य प्रभु यादव, रविराज डङ्गाल, पार्टीको कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, मधेसी मुक्ति मोर्चा जिल्ला अध्यक्ष उमेश यादव, जीतपुरमिरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य रामबाबु मेहता, सेन्टर मधेस प्रदेशका सहसचिव रन्जित पाण्डे, प्रदेश सदस्य महेन्द्र सहनीलगायतको उपस्थिति थियो ।

Leave a Reply