जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा भएको राकेश पौडेल मृत्यु प्रकरणान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पौडेल मृत्यु प्रकरणको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शुक्रवारदेखि अनुसन्धान थालेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक राजेश थापाले घटनाको अनुसन्धानलाई तीव्रता दिनको लागि सिआइबीलाई जिल्लामा बोलाइएको जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक थापाले अनुसन्धानको क्रममा १३ जनालाई नियन्त्रणमा समेत लिएको बताउनुभयो । थापाका अनुसार १३ जनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको छ । वडा नम्बर ६ निवासी पौडेल बैशाख ३० गते बिहान ३ बजे छिमेकीको घरमा मृत अवस्था फेला परेका थिए ।