आर.के. चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर २ को स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायस्तरमा मानसिक स्वास्थ्य सेवा र नसर्ने रोगहरुको सचेतना फैलाउने तालिम दिइएको छ ।कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियारको अध्यक्षतामा भएको सो तालिममा प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियारले विभिन्न प्रकारका मानसिक रोगहरुको लक्षण, उपचार र रोकथामबारे जानकारी गराउनुभएको थियो ।महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायको नजिकको सम्पर्क बिन्दु भएको बताउदै उहाँले समुदायमा मानसिक स्वास्थ्य समस्याहरुको बारेमा सचेतना फैलाउन महत्वपुर्ण भुमिका खेल्नसक्ने सुनाउनुभयो ।कार्यक्रममा सखुवाप्रसैनी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको सो कार्यक्रममा वडा नम्बर २ का स्वास्थ्य चौकी प्रमुख प्रभात साह गोढले प्रशिक्षक दिनुभएको थियो ।

Leave a Reply