वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले घण्टाघरस्थित बिपी उद्यानको जग्गा खाली गराएको छ । महानगरपालिका कार्यालयले डोजर लगाएर आइतवारबाट बिपी उद्यान क्षेत्रमा रहेको अवैध अतिक्रमण हटाउन शुरु गरेको हो ।आइतवारबाट बिपी उद्यानको खाली गराइएको जग्गामा पार्क निर्माणको काम शीघ्र थालिने महानगर प्रमुखका सल्लाहकार हरि पोखरेलले जानकारी दिनुभयो । पहिलो चरणमा उत्तर पट्टिको अतिक्रमण हटाइएको र सोमवार महानगरको डोजरले दक्षिणतर्फको अतिक्रमण हटाउने उहाँले बताउनुभयो ।

महानगरपालिकाको प्रारम्भिक योजना अनुसार, पार्कभित्र मनोरञ्जनात्मक गतिविधिहरू, खेलकुदको व्यवस्थापन र वरिष्ठ नागरिकहरूको सुविधाका लागि समर्पित स्थान निर्माण गरिने महानगरका प्रमुख राजेशमान सिंहले बताउनुभएको छ । पार्क निर्माणपछि स्थानीयले हरियाली वातावरण र मनोरञ्जनको नयाँ अवसर पाउने मेयर सिंहको दाबी छ । यसले महानगरको समग्र रूपान्तरण योजनामा ठूलो योगदान दिने विश्वास महानगरको छ ।महानगरपालिकाले पहिलो पटक १५ दिनको र दोश्रो पटक ७ दिनको समयावधि तोकेर उद्यानको जग्गा खाली गराउन दुई पटक सूचना जारी गरेको थियो । पहिलो पटक गत मङ्सिर २६ गते १५ दिन र दोश्रो पटक पुस १२ गते पुनः ७ दिनको अल्टिमेटमसहित दोस्रो सूचना जारी गरिएको थियो ।

Leave a Reply