कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुर गाउँपालिकाले पालिकाभित्र रहेका मठमन्दिरका पूजारी तथा साधुसन्तहरुलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।गाँउपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवको नेतृत्वमा गएको टोलीले वडा नम्बर १ मा रहेको रामजानकी मन्दिर, शिवमन्दिर, वडा नम्बर ३ को राममन्दिर, शिव मन्दिर र वडा नम्बर ५ मा रहेका दुई मन्दिरका समेत गरी आधा दर्जन मठमन्दिरका साधुलाई एक÷एक थान विद्युतीय चुल्हो वितरण गरेको हो ।गाउँपालिका अध्यक्ष यादवले विद्युतीय चुल्होको प्रयोगले मन्दिरका पूजारीहरुलाई खाना बनाउन सहज हुने र ग्यास तथा दाउराको खपत घटेर वातावरण र आर्थिक रुपमा समेत लाभ हुने बताउनुभयो । उहाँले पालिकाभित्र रहेका अन्य मठमन्दिरमा पनि चुल्हो वितरण गरिने बताउनुभयो ।चुल्हो वितरण कार्यक्रममा वडा अध्यक्षहरु लक्ष्मी साह तेली, सुभाषकुमार यादव, बिहारी महतो नुनिया लगायतका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।



















