कृपा संवाददाता
कलैया –  राष्ट्र उत्थान लघुबित्त बित्तिय संस्था कलैया शाखाले कोरोना भाईरसको भयावह अस्थामा नागरिकहरुको शुरक्षा तथा राहतका लागि कलैया उपमहानगरपालिकामा रकम हस्तान्त्रण गरेको छ । सो संस्थाका लोन सुपरभाईजर कौशल यादव तथा कलैया शाखाका प्रमुख नन्दु महतोले कलैया उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेश मण्डललाई रु. १० हजार हस्तान्त्रण गरेका हुन् ।

 

 

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शाखाले सो रकम बितरण गरेको हो । सो संस्थाले देशैभरी रहेका ७० वटा शाखाबाट माग भए बमोजिम राहत रकम बितरण गरेको लोन सुपरभाईजर यादवले जनाए । बिगत एक महिना भन्दा बढि समय देखि अन्य लघुबित्त संस्थाहरु बन्द भएपनि राष्ट्र उत्थानले भने बिना रुकावट आफ्नो सेवा प्रवाह गरिआएको यादवले बताए । देशभरिमै सो संस्थाका करिब २९ हजार ग्राहक रहेका छन् ।

Leave a Reply