कृपा संवाददात
दुष्यन्त चौधरी
कलैया, २६ पुस । बाराको १६ वटा पालिका मध्ये केहि पालिकामा जनप्रतिनिधी तथा कर्मचारीमा आपसी सम्झदारी नभएकाले वाविदित बन्दै भएका छन् । जसको उदाहरण हो बाराको कलैया उपमहानगरपालिका तथा महागढीमाई नगरपालिका ।
केहि अगाडी मात्र कलैया उपमहानगरपालिकामा नगर प्रमुख राजेश राय यादवको विरोधमा उप नगर प्रमुख रहिमा खातुनले कार्यालयमा नै तालाबन्दी गरेका थिए । त्यस्तै फेरी घटना महागढीमाई नगरपालिकामा देखापरेका छन् । महागढीमाई नगरपालिकाको वडा नम्बर १० का वडा अध्यक्ष चन्दन साहले शनिबार गंंजभवानीपुरमा पत्रकार सम्मेलन नै गरी नगर प्रमुख उपेन्द्र यादवले नगरको विकासमा बाध्क बनेको आरोप लगाएका छन् ।
महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले वडा अध्यक्षको काम कर्तव्य र अधिकारलाई समेत हस्तक्षेप गरेको वडा अध्यक्ष साहले जानकारी दिए । नगर प्रमुख यादवले जानी जानी गल्ती गर्दै हिडेका वडा अध्यक्ष साहले पत्रकार सम्मेलनमा दावी गरे । वडा अध्यक्ष साहका अनुसार आफ्नो वडामा रहेको बजार ब्यवस्थापनको लागि नगर प्रमुख यादवले नगर स्तरीय बजेट छुटयाएका थिए । तर नगर प्रमुख यादवले निर्वाचित जनप्रतिनिधी कार्यपालिका सदस्य मनोज गुप्तालाई उपभोक्ता समितिको अध्यक्ष बनाएको थियो । जुन अबैधानिक रहेको छ ।
त्यसैगरी आफ्नै वडामा रहेको प्रहरी चौकीको भवन निर्माणको लागि महागढीमाई वडा नम्बर ३ का अम्भु यादवलाई उपभोक्ता समितीको अध्यक्षमा राखी वडाको काम कर्तव्य र अधिकारलाई कुण्ठित पारेको वडा अध्यक्ष साहले आरोप लगाएको छ । वडा अध्यक्ष साहका अनुसार नगर प्रमुख यादवले उपभोक्ता समितिमा स्थानीयलाई बाईपास गरी वडाको विकास सँगसँगै नगरको विकासमा बाध्क बन्दै गरेको सुनाए ।
नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शालिक राम ढकाल र नगर प्रमुख यादवले नगर स्तरीय उपभोक्ता समिती गठन प्रक्रियामा वडा अध्यक्षलाई जानकारी नै नगराई बजार ब्यवस्थापनको लागि ३० लाख र प्रहरी चौकी भवन निर्माणको लागि १० लाख बजेट बिनियोजन गरेको वडा अध्यक्ष साहले पत्रकार समेलन मार्फत जानकारी गराएका थिए ।
वडा अध्यक्षको काम , कर्तव्य र अधिकारलाई कुण्ठित पारे पछि वडा अध्यक्ष साहले गठित उपभोक्ता समितिलाई खारिज गर्न उच्च अदालत बिरगंजमा उत्प्रेषण मुद्दा समेत दिएको पत्रकार समेलनमा जानकारी गराईएका थिए । गठन गरिएको उपभोक्ता समितिमा वडा नम्बर १० को स्थानियलाई बेवास्ता गरेकाले विवाद चुलिएको समेत सुनाए ।