आरके चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका– २ स्थित भुदैया खोलानजिक आइतवार बेलुका एक जना पुरुषको शव जलेको अवस्थामा फेला परेको छ । प्रारम्भिक अनुसन्धान अनुसार, शवमा मट्टितेल वा पेट्रोल प्रयोग गरी आगो लगाइएको आशंका गरिएको छ ।घटनास्थलमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापा र ईलाका प्रहरी कार्यालय एकटङ्गाका प्रहरी नायब निरीक्षक नवराज घिमिरे नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

स्थानीय गढिमाई मन्दिर नजिक बाख्रा चराउन गएका महिलाहरूले साँझ ४ बजेको समयमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरूले खोलातर्फबाट दुर्गन्ध आएपछि शव देखिएको जानकारी दिएका छन् ।प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लैजाने तयारी भइरहेको जनाएको छ । मृतकको सनाखत भने हालसम्म हुन सकेको छैन ।

Leave a Reply