वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ ।भारतबाट भन्सार छली ल्याउँदै गरेको कुर्ता, सुरुवालसहितका लत्ताकपडा वीरगञ्ज महानगरको वडा नम्बर ७ बाट बुधवार प्रहरीले बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले ८ लाख ३९ हजार बराबरको कपडा बरामद गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाउनुभयो । उहाँका अनुसार चोरी पैठारी गरी वीरगञ्जको घण्टाघरतर्फ ल्याउँदै गरेको अवस्थामा सबै लत्ताकपडा बरामद गरिएको हो ।प्रहरीले होलीको टप्स २ हजार ३० पीस, टप्स २६४ पीस र कुर्ता सुरुवाल २३० पीस बरामद गरेको जनाएको छ ।

Leave a Reply