पर्यटनमन्त्री योगेश भट्टराईले समेत बारामा नै आएर निजगढ बिमान स्थल बन्छ र त्यसको नाउँ बारा बिमान स्थल राखिन्छ भनेर प्रतिबद्धता जनाउनु भएकै थियो । उहाँको यो प्रतिबद्धताले बिमान स्थल निर्माण हुनेमा बारावासीलाई आश पलाएको थियो । तर,पछिल्लो पटक सर्बोच्च अदालतले बिमान स्थलका बिषयमा जारी गरेको अन्तरिम आदेशले बारावासीको मन कुँडिएको छ ।
बिमान स्थल निर्माणको बिकल्प छ छैन छैन । नेपालमा अर्को बिमान स्थल पनि आवश्यक छ । यो सत्य कुरा पनि हो । बिमान स्थल निर्माणका लागि सरकारी स्तरबाट महसुस पनि भएकै हो तर बिमान स्थल निर्माणका सवालमा बखेडा निकाल्नु भनेको बिकास बिरोधी कुरा हो । हुनत वन फडानीका बिषयमा धेरै कुराहरु उठ्ने गर्दछन् । रुख फडानी नगरीकन बिमान स्थल निर्माण पनि हुने छैन । फरक यत्ति हो कि वन जथाभावी फडानी गर्नुहुन्न ।
जथाभावी वन फडानी गरिदा त्यसले घाटा नै हुने हो तर रुख फडानीको बिकल्प छैन । रुख नै फडानी नगरी त कसरी बिकास होला र तैपनि जथाभावी रुख कटान भने गर्नुहुन्न । रुख फडानी गरेपनि हुन्न र जथाभावी पनि गर्न हुन्न । तर बिमान स्थल निर्माणका बिषयमा बखेडा गर्न उचित होइन ।