वीरगन्ज,प्लस टु गरेर बसेका विद्यार्थीहरूको लागि विषेश कक्षा गर्दा उपयुक्त हुने एक कार्यक्रम जानकारी दिइएको छ ।श्री कलेज अफ म्यानेजमेन्ट काठमाण्डौं नयाँबानेश्वरले वीरगन्जको कुमु प्यालेसमा आइतवार एक कार्यक्रमको आयोजना गरि प्लस टु गरेर बसेका विद्यार्थीहरूलाई विषेश कक्षा गर्दा उपयुक्त हुने बताएको हो । सो कार्यक्रममा नेपालमा चलनचल्तीमा रहेका विषयहरु मात्रै विद्यार्थीहरुले अध्ययन गर्ने गरेको प्रशिक्षक प्रितम अग्रवालले दावी गर्नुभयो ।श्री कलेज अप म्यानेजमेन्टले सिआईएमए तथा एसिसिए कक्षा संचालनमा ल्याएको सुनाउनुभयो । सिआईएमएका संयोजक अग्रवालका अनुसार सोे कोर्स युके बोर्डबाट मान्यता प्राप्त रहेको समेत बताउनुभयो । उक्त कोर्सले थप एक सय ९० वटा देशमा समेत मान्यता प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।लेजका म्यानेजमेन्टका हेड बाबुराम मालीका अनुसार नेपाल अधिराज्य भरिबाट दुई सय विद्यार्थीलाई सिआईएमए तथा एसिसिए कोर्स गराउने लक्ष्य लिएको कार्यक्रममा जनाउनुभयो ।प्लस टु गरि स्नातक तह गर्दा अन्य विषयमा जस्तै यो कोर्समा पनि उतिकै खर्च हुने कलेज अप म्यानेजमेन्टका मार्केटिङ हेड विभोर गौलीले दावी गर्नुभयो । उहाँका अनुसार सिआईएमए तथा एसि सिए कोर्स अन्य स्नातकको अवधि जस्तो ४ वर्षे कोर्स रहेको पनि जानकारी दिनुभयो । उहाँले सिआईएमए तथा एसिसिए कोर्स गर्दा जम्मा ८ लाख खर्च हुने पनि बताउनुभयो । साथै एक लाखसम्मको छात्रवृत्ति दिने व्यवस्था रहेको समेत उहाँले जानकारी दिनुभयो ।

Leave a Reply