काठमाण्डौं,भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।पौडेलको उपचारमा संलग्न डाक्टरहरूले बिहीवार उहाँको अवस्था सुधार हुँदै गएको जानकारी दिएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भइरहेको छ । उहाँ उपचारका लागि बुधवार नयाँ दिल्ली जानुभएको हो ।नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो ।राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।


















