बुधवार बिश्व वातावरण दिवस मनाइएको छ । नेपालमा पनि यो दिवस सरकारी तथा गैरसरकारी दुबै तवरबाट बुधवार मनाइएको छ । सन् १०७२ बाट जुन ५ तारिखका दिनमा बिश्वभर यो दिवस मनाउन थालिएको हो । वातावरण दिवस बनाउनुको पनि महत्वपूर्ण अर्थ छ । हरेक वर्ष जेठ २२ वा २३ मा पर्ने यो दिवस नेपालमा पनि मनाउने गरिन्छ तर यो किन मनाइन्छ भन्ने कुरा कयौंले हेक्का पनि नराखेको हुनसक्छ । धेरैलाई वातावरण दिवस सामान्य जस्तो पनि लाग्नसक्छ ।
वातावरण सफा कसरी राख्ने भन्ने कुरा पनि आउन सक्छ तर बातावरण भने हाम्रा लागि मात्र होइन पृथ्वीका सम्पूर्ण वनस्पति र जनवारका लागि समेत महत्वपूर्ण छ । मानिसको बद्मासीका कारण वातावरण बिग्रदै जाँदा भने जनावरहरुका लागि पनि समस्या पो भइरहेको छ । वनस्पतिहरु त यसै पनि मारमा परेका छन् । पृथ्वीको अस्तित्व नै एकदिन मेटिने हो कि भन्ने त्रास पनि मानिसका कारण नै बढ्दै गइरहेको छ ।हाम्रो जीवन नै वातावरणसंग सम्बन्धित भएकाले वातावरणको संरक्षण गर्ने पहिलो दायित्व पनि हाम्रो नै हो । यो हरेक घरबाट शुरु गर्न पनि जरुरी छ ।
घरघर सफा राख्ने अनि जथाभावी फोहोर मैला नफाल्ने अनि वातावरण प्रदूषित हुने खालका गतिविधिहरु मात्र कम गरियो भने पनि वातावरण केही हदसम्म स्वस्थ रहन्छ । यहाँ त मानिसले आफ्नो स्वार्थका लागि वातावरणको कत्लेयाम गरिरहेका छन् अनि एकदिन औपचारिकताका लागि दिवस मनाउनुको अर्थ नै के रहन्छ र ?

















