दश वर्षे सशस्त्र संघर्षको माध्यमबाट देशको मुल राजनीतिमा आएको नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको बर्तमान सरकारले अहिले संचालन गरिरहेको भ्रष्टचार बिरुद्धको अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ ।भुटानी शरणनार्थी प्रकरणमा पूर्वगृहमंत्रीहरुको संलग्नता र उनीहरुलाई पक्राउ गर्ने बिषयमा सरकारले देखाएको अग्रसराताका कारण अहिलेको सरकारको लोकप्रियता पनि बढेको छ ।तर, माओवादीको लोेकप्रियता बढेसंगै छोटो समयमा माओवादीका नेताहरुको जीवजशैली पनि निकै महँगो भएकोमा भने आशंका उत्तिकै छ । बिशेष गरी माओवादी लडाकु समायोजनाका क्रममा लडाकुकोे अस्थायी शिविरमा गएको रकमहरुको अनियमितता भएको र त्यसमा माओवादीकै अध्यक्ष पुष्पकमल दाहालको संलग्नता रहेको आरोप लाग्न थालेपछि बिहीवार मात्रै माओवादीका अध्यक्ष दाहाल (प्रचण्ड) ले यदि माओवादीका सेना समायोजनका क्रममा दोषी देखिए जेल जाने बताएका छन ।उनको यो भनाइले पक्कै पनि त्यसका बिरुद्धमा आइरहेको कुरालाई खण्डन गर्नका लागि केही मलजल त गर्ला नै तर त्यसो भन्दैमा फेरि माओवादीले सत्य कुरा जनमानसमा ल्याउन जरुरी छ । यी सबै कुरा जनता सामु ल्याएर उसले अहिलेको यो अभियानलाई अझै अगाडि बढाउन आवश्यक छ । अनि मात्रै यो सरकार र माओवादीको पक्षमा जनमत पनि बढनेछ ।
















