गाेकुल घाेरसाइने,

निजगढ, १७ भदौँ– निजगढ नगरपालिकाका एक युवकको हत्या आरोपमा पक्राउ परेका १ महिलासहित ४ जनालाई बारा प्रहरीले बुधबार जिल्ला अदालत बारामा पेस गरेको छ ।

प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ८ का ‘सानु’ भनिने वर्ष ३७ का लालध्वज लामाको हत्या अभियोगमा पक्राउ परेका निजगढ वडा नम्बर– ८ का ३३ वर्षिय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नम्बर–. ९ बस्ने वर्ष ४५ को ‘संजय’ भनिने चक्र बहादुर तामाङ र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नम्बर– ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानलाई जिल्ला सरकारी वकिलमार्फत कर्तव्य गरी ज्यान मारेको अभियोगमा अदालत पेस गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

‘मुद्दाको सबै अनुसन्धान पुरा गरी मुद्दा दर्ता गरिएको छ, डिएसपी मिश्रले भन्नुभयो, अदालतमा बिहिबारबाट थुनछेक वहस शुरु हन्छ ।’

अमलेखगंजस्थित ससुराली घरबाट गत असार २१ गते बेपत्ता बनेका लालध्वजको असार २८ गते जितपुरसिमरा उप–महानागरपालिका वडा नम्बर– २२ अमलेखगंजस्थित २ नम्बर पुल पुर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो । लालध्वजकाे शव सडेर गलेकाे र हात, खुट्टा र गुप्ताङ्गसमेत शरीरबाट छुट्टिएकाे अवस्थामा शव  फेला परेको हाे । 

उनी केही समयअघि देखि किराना पसलसमेत चलाएर अमलेखगंजमा बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय सिमरामा मृतकको दाजु आसमान लामाले दिएको किटानी जाहेरीपछि उनीहरुलाई प्रहरीले साउन २५ गते पक्राउ गरी अनुसन्धान थालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here