आरके चौधरी
सखुवाप्रसौनी,प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिकामा ट्याक्टरले जोतेर प्रतिबन्धित लागुऔषध गाँजा खेती फँडानी गरेको छ ।गाउँपालिकाको वडा नम्बर १ स्थित सखुवनिया, बिन्दबास्नी, कोइलाभार र बढनिहार क्षेत्रका ८ बिगाहा जग्गामा लगाइएको गाँजाको बोट सशस्त्र प्रहरी, नेपाल प्रहरी र डिभिजन वन कार्यालको संयुक्त टोलीले ट्याक्टर प्रयोग गरेर फाँडेर गरेको हो ।
सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरी तित्रौना, इलाका प्रहरी कार्यालय एकटाङ्गा र वन कार्यालय पर्साको टोलीले गाँजा फडानी गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले जानकारी दिनुभयो । गाँजा फडानी गर्न वन कार्यालयको ट्याक्टर प्रयोग भएको वन कार्यालय प्रमुख अहमदले जानकारी दिनुभयो ।गाँजा फडानी गर्ने टोलीमा सशस्त्र प्रहरी निरीक्षक रामनरायण महतो, इलाका प्रहरी कर्यालय एकटाङ्गाका प्रहरी बरिष्ठ नायब निरीक्षक यज्ञनन्दप्रसाद साह र अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।