वीरगञ्ज,प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौ अधिवेशन महोत्तरीको बर्दीवासमा सम्पन्न भएको छ । सम्मेलनले पर्साका नीरज पिठाकोटे मगरको अध्यक्षतामा २१ सदस्यीय मधेस प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिको बरिष्ठ उपाध्यक्ष गोपाल गुप्ता (सप्तरी), उपाध्यक्ष रामएकबाल महरा (धनुषा), महासचिव जिवछ यादव उदासी (सिराह), सचिव, रमेश साह (बारा), सचिव ओमकिशोर चौधरी (रौतहट), सचिव रंजित पाण्डे (पर्सा), सचिव दिपेन्द्र यादव (सप्तरी), कोषाध्यक्ष निरन्जन साह (महोत्तरी) रहेका छन ।
त्यसैगरी अधिवेशनले सदस्यमा विष्णु गुप्ता, इशारा लामा, रामनारायण ठाकुर, अनुभक्त चौधरी, भरत सोनार (सरार्फ), सब्दर हुसैन शाह, महेन्द्र मण्डल, प्रतिभा झा, सन्तोषकुमार लामा, सुमन लामा, उमेश धलान, मुकेशकुमार महतो, महेन्द्र सहनीलाई निर्वाचित गरेको छ ।
महिला उपाध्यक्ष सहित केही पद रिक्त रहेकोले आगामी बैठकमा पदपूर्ति गरिने नवनिर्वाचित अध्यक्ष निरज पिठाकोटे मगरले जानकारी दिनुभयो ।अधिवेशनको उद्धाटन सत्रमा प्रमुख अतिथि पार्टीका उपमहासचिव एवं मधेस प्रदेशका इन्चार्ज कमरेड मात्रिका यादव, प्रेस सेन्टर नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कमल गिरी, मधेस प्रदेश सभामा माओवादी केन्द्रका संसदीय दलका नेता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य भर प्रसाद साह, पार्टीका महोत्तरी इन्चार्ज राजु खड्का, केन्द्रीय सदस्य कमरेड प्रकाश पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश महासचिव तथा संगठनका केन्द्रीय सचिव शैलेन्द्र महतो क्रान्ति, महासंघका केन्द्रीय सदस्य तथा संगठनका सचिव राजु विश्वकर्मा, केन्द्रीय सल्लाहाकार देवराम यादव, प्रदेश पदाधिकारी तथा जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।















