सर्लाही,पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको बागमती नगरपालिका– ११ मा रहेको रायमाझी चोकमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ३० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । बिहीवार बिहान चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, दशरथ कोहार र रामकरण केवटको ज्यान गएको हो ।
घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनको नमूना अस्पताल पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।उता, सर्लाहीको बरहथवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बरहथवा नगरपालिका वडा नम्बर १० का २१ वर्षीय आबोध ठाकुरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीवार बिहान करिब ११ बजे बरहथवा ५ स्थित नेपाल टेलिकमको कार्यालयमा कार्यरत ठाकुरसहित आनन्द ठाकुर करेन्ट लागेर गम्भिर घाइते हुनुभएको थियो ।अबोधको उपचारका क्रममा हरिवन स्थित सरस्वती अस्पतालमा मृत्यु भएको र अर्का घाइते ठाकुरको पचार बरहथवा स्थित एडभान्स सञ्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ



















