कलैया,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ ।निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने उद्देश्यले बुधबारदेखि जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिएको हो ।बारामा रहेका मतदान केन्द्रहरूलाई सुरक्षा चुनौतीका आधारमा संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ । ती क्षेत्रहरूको सुरक्षा निगरानीका लागि सेनाले आफ्नो उपस्थिति बढाएको छ ।सरकारले स्वीकृत गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ बमोजिम सुरक्षा निकायहरू परिचालन भएका हुन् । निर्वाचनलाई मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई आपसी समन्वयमा खटिने छन् ।

Leave a Reply