प्रदेश सभा सदस्य त्रिलाेकी चौधरी कार्यक्रम उद्घाटन गर्दै ।

कृपा संवाददाता

निजगढ – निजगढ नपा ५ स्थित सार्वजनिक माविको ५५ औ जन्मजयन्ती तथा अविभावक दिवस सोमबार सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा गौतमको अध्यक्षता भएको सो कार्यक्रमको प्रदेस सभा सदस्य त्रीलोकी चौधरीले उदघातन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रदेस सभा सद्स्य चौधरिले निजगढको बिकासको लागि आफुले सक्दो सहयो गर्दै आएको बताउनु भयो ।

 

 

 

 

 

 

बिध्यालयको प्रगतिको लागि शिक्षक अभिभावक मिलेर काम गर्नु पर्ने पनि उहाको भनाइ थियो। चौधरीले विध्यालयमा प्राविधिक कक्षा संचालनको लागि २० लाख सहयोग गर्ने घोषण पनि गर्नुभयो । त्यसैगरि निजगढ नपा उपप्रमुख लिलादेवी लामिछानेले निजगढ क्षेत्रको शिक्षाको बिकासको लागि आफू जहिले पनि लागि पर्ने बताउनु भयो ।

 

 

 

 

 

 

 

कार्यक्रम्मा वदा नम्बर ५ का अध्यक्ष थलप्रसाद गौतम, निजगढ नपा शिक्षा शाखा प्रमुख राजु बानिया, निजगढ गाविसका पुर्व उपप्रमुख अम्बिका चौलागाईं, खानेपानी उपभोक्ता समिती निजगढका अध्यक्ष सुदर्शन कोइराला, विद्यालय व्यबस्थापन समितिका पुर्व अध्यक्ष नारायण गौतम, समाजसेवि सुरथ पुरी, रवि दङाल गौरिशन्कर माबिका प्र अ यादब तिमल्सिना, पुर्व बिद्याथ्री अजय उप्रेती लगायतले विद्यालयको प्रगतिको लागि शुभकामना ब्यक्ति गर्नु भएको थियो । कायक्रममा समितिका अध्यक्ष गौतमले बिद्यालयको प्रगती प्रतिवेदन पेस गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

 

 

बिध्यालयका प्र अ हस्तबहादुर लामाले स्वागत भासण गर्नुभएको थियो भने लेखापाल नवराज गौतमले आयब्यय प्रतिवदन पेस गर्नु भएको थियो । कार्यक्रममा विध्यालयका पुर्व शिक्षाकलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयको परीक्षामा उत्कृष्ट हुने छात्र छात्रालाई पुरस्कार तथा छात्रवृत्ति समेत प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका छात्र छात्राले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । शिक्षक भोला चौलागाईं र मिलन लामाले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।

Leave a Reply