वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विदा भएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएपछि क्याम्पसले २३ दिनको बिदा दिएको हो ।क्याम्पस प्रमुख रणजीत प्रसाद यादवद्वारा हस्ताक्षरित सूचनाअनुसार यही जेठ २० गते आइतवारदेखि असार १० गते सोमवारसम्म क्याम्पसले बिदा दिएको हो ।सो अवधिमा कार्यालय तथा प्रशासनिक कामकाज भने सञ्चालन हुने क्याम्पस प्रमुख यादवद्वारा जारी सूचनामा भनिएको छ ।

Leave a Reply