निजगढ,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) निजगढ नगरपालिका वडा नम्बर ३ वडा कमिटीको बिस्तारित बैठक र भेला मंगलबार सम्पन्न भएको छ । माओवादी बारा जिल्ला संगठन समिति सदस्य सन्जिब लोप्चन (संगम) को प्रमुख अतिथ्यतामा भएको भेलामा माओवादी केन्द्र निजगढ नगर सचिव मोहनबहादुर खडका (दिपक) को विशेष उपस्थिति रहेको थियो ।

माओवादी वडा नम्बर ३ वडा कमिटीका अध्यक्ष क्षेत्रबहादुर बलको अध्यक्षता सम्पन्न भएको भेलाले स्थानीय होमबहादुर डाँसेली मगरको संयोजकमा २६ सदस्यीय योङ्ग कम्युनिष्ट लिग वडा कमिटीसमेत गठन गरेको छ । कार्यक्रमको सञ्चालान नेपाल कम्युनिष्ट पार्टी माओवादी निजगढ नगर सदस्य छिरिङ्ग बलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here