सिमरा,अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको प्रथम जीतपुरसिमरा नगर अधिवेशनले प्रहलाद साह सोनारको अध्यक्षतामा पिछडावर्ग महासंंघको जीतपुरसिमरा नगर कमिटी गठन गरेको छ ।जीतपुरसिमरा ७ स्थित प्राईम पार्टी प्यालेसमा आयोजित भेला सहितको अधिवेशनले नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा सुरेन्द्र गुप्ता, सचिवमा अजय साह तेली, सहसचिवमा शम्भु राज सहनी, कोषाध्यक्षमा रिता देवी रहेका छन् । नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको प्रथम जीतपुरसिमरा नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री ज्वालाकुमारी साहले पिछडा वर्गलाई राज्यको मूलधारमा ल्याउन सबैको साझा प्रयास हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका साहले पछाडि परेका वर्गको उत्थानका लागि नेकपा एमाले सधै अगाडि रहेको जिकिर गर्दै पिछडावर्गका जातजातीहरुको शैक्षिक, राजनीतिक, सांस्कृतिक उत्थानका लागि एमाले पार्टी अग्रपंगतिमा उभिएर काम गर्दै आएको र अगामी दिनमा पनि काम गर्ने बताउनुभयो ।यसैगरी कार्यक्रममा नेकपा एमालेको मधेस प्रदेश सचिव मनोज पौडेलले पिछडावर्गले आफू जहिले पनि पछि परेको जात भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताउनुभयो । उहाँले आफूमा निहित ज्ञान, सीप, कला, क्षमतालाई उच्चतम प्रयोग गर्नुपर्ने बताउनुभयो । त्यस्का लागि राज्यले वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाई थियो ।

Leave a Reply