कलैया,कलैया फुटबल क्लवको आयोजनामा बाराको कलैयामा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ।
आगामी जेष्ठ २७ गतेबाट हुने सो प्रतियोगिताबारे आयोजकले शनिबार कलैयामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता जेष्ठ २७ गतेदेखिअसार ३ सम्म सिद्धेश्वर परिसरको खेल मैदानमा हुने जनाइएको छ ।

आयोजक क्लबका अध्यक्ष अजयकुमार साहका अनुसार प्रतियोगितामा कलैया फुटबल क्लब रातो,कर्जन्हा भेट्रान सिरहा,कमलडाडा एफ.सि हेटौंडा,एन.एफ.सि निजगढ, आरम्भ भेट्रान वीरगञ्ज,कलैया फुटबल क्लब निलो,पटना सिटी भेट्रान क्लब भारत र वीरगञ्ज सिटी क्लब वीरगञ्ज लगायत ८ वटा टिम सहभागी रहने छन।

अध्यक्ष साहले प्रतियोगितामा बिजेता टोलीलाई ५१ हजार,उपविजेता टोलीलाई २५ हजार ५०१ पुरस्कार र ट्रफी प्रदान गरिने बताउनुभयो । त्यसैगरी प्रत्येक दिन म्यान अफ द मैच, प्रतियोगितामा बेस्ट गोल किपर,बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,बेस्ट स्टाइकर,हाइ स्कोरर बेस्ट कोच,मेन अफ दि सिरिज दिइने जानकारी दिनुभयो ।प्रतियोगिताको कुल लागत १२ लाख ४५ हजार ५ सय १ रुपैयाँ रहेको पनि उहाँले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा खेलकुद विकास एवम् संरक्षण समिति कलैयाका अध्यक्ष अनिल पाण्डे,रमेश साह कानु,रियाजुल ईस्लाम, संदिपकुमार गुप्ता,अजय सरार्फ,बिनोद तुलाधार,प्रमोद गिरी, दिपलाल साहलगायतको उपस्तिथि रहेको थियो।

Leave a Reply