निजगढ,निजगढ नगर स्तरीय निर्माण व्यवसायी संघको शनिबार सम्पन्न भएको प्रथम अधिवेशनले पिताम्बर तिमल्सिनाको अध्यक्षतामा ४१ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा विदुर खरेल, उपाध्यक्षमा कुमार पोखरेल, सिताराम साह र खेमप्रसाद अधिकारी रहनु भएको छ ।

त्यसैगरी महासचिवमा बुद्धिमान वल, उपमहासचिवमा मधु तिमल्सिना, माधव न्यौपाने र सचिवमा पुण्यप्रसाद बन्जारा, तिर्थबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा विजय तिमल्सिना चुनिनु भएको छ ।

शहीद हिरालाल स्मृति पार्कस्थित सभाहलमा समितिका अध्यक्ष पिताम्बर तिमल्सिनाको अध्यक्षतमा भएको अधिवेशनको उद्धाटन निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेबी लामिछानेले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मेयर खनालले निजगढलाई स्मार्ट सिटी निर्माण गर्ने क्रममा निर्माण व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । त्यसैगरी उपमेयर लामिछानेले पनि नगरको विकासमा निर्माण व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामा, नेकपा एमाले निजगढ नगर अध्यक्ष सुरथ पुरी, कांग्रेश नगर सभापति नवराज तिमल्सिना, नेकपा माओवादीका विशन सापकोटा, राप्रपा निजगढ नगर अध्यक्ष खडकप्रसाद उप्रेती, नेकपा एकिकृत समाजवादी निजगढ नगर अध्यक्ष भिमसेन सापकोटा, लोसपाका मोजहर मन्सुर लगायतले अधिवेशन सफलताको लागि शुभकामना दिनुभएको थियो ।

पुण्य बन्जाराले संचालन गरेको सो कार्यक्रममा निर्माण व्यवसायी विदुर खरेलले स्वागत मन्तव्य र बमबहादुर थापाले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा निर्माण व्यवससायी संघलाई सहयोग गर्ने विभिन्न महानुभावहरुलाई सम्मान पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here