सिमरा,पथलैया नकआउट फूटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि रामवन कुनाटोल क्लबले उचालेको छ । पथलैयास्थित गैरी खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा चकरी फूटबल क्लबलाई १–० ले पराजित गर्दै रामवनले उपाधि उचालेको हो ।
रामवनलाई उपाधि दिलाउन रिकेश मगरले निर्णायक गोल गरेका थिए । उपाधिसंगै रामवनले २५ हजार र उपविजेता चकरीले १५ हजार हात पारेको छ । प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट चकरीका मनिष क्षेत्री घोषित भए । यसैगरी उत्कृष्ट गोलरक्षक रामवनका विशाल लामा घोषित भएका छन् ।प्रतियोगिताको विजेता र उपविजेता टिमका खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडा सदस्य राकेश सुब्बा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आले, प्रतियोगिता संयोजक नवराज अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता संयोजक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण भूवन थापाले गर्नुभएको थियो ।पथलैया दिव्य ज्योती क्लबको आयोजनमा मंसिर २२ गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।



















